Like us!
Follow us!

हिमालयन हाइड्रोपावरको आईपीओ खुल्यो, कति दिने आवेदन ?

हिमालयन हाइड्रोपावरको आईपीओ खुल्यो, कति दिने आवेदन ?

लगानी खबर, काठमाडौं - हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले (आज) अर्थात वैशाख २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि २०७६ साल कार्तिक २७ गते सेबोनमा निवेदन पेश गरेको थियो । सेबोनले वैशाख ४ गते आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेसँगै कम्पनीले आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत सेयर निष्काशन गर्न लागेको हो, र कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण सेयर  निष्काशन गरेको हो ।

कसले दिने आवेदन ?

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुले दिन पाउनेछन् । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा  जेठ ८ गते सम्म र  ढिलोमा जेठ २३ गते आवेदन दिन सक्नेछन् । 

आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।