Like us!
Follow us!

नयाँ सारथी लघुवित्तको खुद ब्याज आम्दानीमा वृद्धि, इपीएस कति ?

नयाँ सारथी लघुवित्तको खुद ब्याज आम्दानीमा वृद्धि, इपीएस कति ?

लगानी खबर, काठमाडौं - नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको नाफा ६ करोड ४० लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २.२२ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा संस्थाले ६ करोड ५५ लाख ३० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने ११.१९ प्रतिशतले बढेर १८ करोड ८६ लाख ७१ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १६ करोड ९६ लाख ८३ हजार रूपैयाँ रहेको थियो ।

तेश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ५५ लाख ५९ हजार रूपैयाँ सञ्चालन मुनाफा कमाएको छ । गत वर्ष संस्था ३६ करोड ९७ लाख ५० हजार रूपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा २९ करोड ५३ लाख ६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ८३ पैसा रहेको छ ।

यस्तो छ संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण :

6274d45fcff7b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।