Like us!
Follow us!

नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का

नेप्सेमा एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर हुने भएकाले कारोबार रोक्का भएको हो । 

हिजो (वैशाख २२ गते, बिहीबार) हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

हालै मात्र बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । सो कारण नै यी दुई कम्पनी मर्जरमा जान तयार भएको देखिन्छ । 

अहिले हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । १:१ को अनुपातमा गभिए अब बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचना :

6274ceaaa360b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।