Like us!
Follow us!

खप्तड लघुवित्तले आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

खप्तड लघुवित्तले आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

लगानी खबर, काठमाडौं - आईपीओ निष्कासन गर्नका लागि खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । 

लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आईपीओ निष्काशन गर्नका लागि बैशाख ११ गते निवेदन दिएको हो । लघुवित्तको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्काशन गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।