लगानी खबर, काठमाडौं - नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर हुने भएकाले कारोबार रोक्का भएको हो ।
हिजो (वैशाख २२ गते, बिहीबार) हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।
हालै मात्र बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । सो कारण नै यी दुई कम्पनी मर्जरमा जान तयार भएको देखिन्छ ।
अहिले हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । १स्१ को अनुपातमा गभिए अब बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।
यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।