Like us!
Follow us!

नेपाल बङ्गलादेश बैंकले डाक्यो विशेष साधारण सभा, के-के छन् एजेन्डा ?

नेपाल बङ्गलादेश बैंकले डाक्यो विशेष साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमडौं - नेपाल बङ्गलादेश बैंकले लिमिटेडले विषेश साधारण सभा आह्वान गरेको छ । 

बैंकको बैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार बैंकको विषेश साधारण सभा जेष्ठ ७ गते (शनिबार) अनलाईन (Online Cloud Meetings) मार्फत बिहान ११:०० बजेबाट सुरु हुनेछ । 

सभामा नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ को अनुपातमा प्राप्ति गर्न लागेको हो । पछिल्लो सेयर बजार मूलय समेतका विषयहरुको आधारमा नेपाल बङ्गलादेश बैंक लिमिटेडको १०० कित्ता सेयर बराबर यस कम्पनीका सेयरधनीहरुलाई नबिल बैंक लिमिटेडको ४३ कित्ता ९१ण्ण्स्ड० सेयर प्राप्त हुने गरी नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्तिमा ९ब्अत्रगष्कष्तष्यल० लैजान स्वीकृति प्रदान गरिने छ । 

त्यस्तै, विशेष साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

यस्तो छ बैंकले प्रकाशन गरेको सूचना :

6274b82aaeea9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।