Like us!
Follow us!

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता

एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता

लगानी खबर, काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जमा जाने सहमति गरेका छन् ।  दुई कम्पनीले बिहिबार समझदारी पत्र (एमओयु)मा हस्ताक्षर गरेसँगै यी कम्पनीहरुबीच मर्जमा जाने सहमति भएको हो । 

बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि दुई कम्पनीबीच बिहीबार समझदारी भएको हो । 

अहिले हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ ।१:१ को अनुपातमा गभिए अब बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

हालै मात्र बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । सो कारण नै यी दुई कम्पनी मर्जरमा जान तयार भएको देखिन्छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।