Like us!
Follow us!

सुन-चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुन-चाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

लगानी खबर, काठमाडौं - आज (शुक्रबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । हिजो बिहीबार बढेको सुन-चाँदीको मूल्य आज भने घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । हिजो बिहीबार १ हजार ३ सय ५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुन(चाँदी व्यवसायी महासंघले जनाएको छ । 

6274af71e7546.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।