लगानी खबर, काठमाडौं - अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले (आज) वैशाख २२ देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिरहेको छ ।
सीडिएसका अनुसार कम्पनीको आईपीओमा आज पहिलो दिन (बिहीबार) साँझ ५ बजेसम्ममा ८३ जना लगानीकर्ताले ४५ लाख रूपैयाँ बराबरको ४५ हजार कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यस आईपीओमा लगानीकर्ताले छिटोमा जेठ ५ गतेसम्म आवेदन दिन सक्छन भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद जेठ २० गतेसम्म लम्बिनेछ ।
स्थानीय बासिन्दालेएनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।