Like us!
Follow us!

नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान दिँदै अमेरिका

नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान दिँदै अमेरिका

लगानी खबर, काठमाडौं - नेपाललाई अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन अमेरिकाले नेपाललाई उक्त रकम बराबरको सहयो उपलब्ध गराउने भएको हो । 

अर्थ मन्त्रालय र यूएसआइडीबीच बिहीबार अर्थ मन्त्रालयको एक कार्यक्रममा उक्त सहयोग उपलब्ध गराउने सम्बन्धमा हस्ताक्षर भएको छ । सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख इश्वरीप्रसाद अर्याल र यूएसआइडीका नेपाल निर्देशक सेपिदेश केवंशदले हस्ताक्षर गरेका छन् । 

मन्त्रालयका अनुसार यो रकम नेपालको शिक्षा, स्वास्थ्य, दीगो उर्जा र कृषि विकासमा उपयोग गरिने छ । यो रकम नेपाललाई मध्यम आययुक्त मुलुकमा स्तरोन्नती हुने नेपालको प्रयासमा खर्च हुने बताइएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।