Like us!
Follow us!

बजार घट्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

बजार घट्दा यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

लगानी खबर, काठमाडौं - यस कारोबार हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७.६ अंकले घटेर २२३८.६२ विन्दुमा झरेको छ । 

आज एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको मूल्य सर्वाधिक घटेको छ । आज प्रोमोटर सेयरको मूल्य ७.१३ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ४५ रुपैयाँ ४० पैसामा झरेको छ । 

त्यस्तै सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश : मैलुङ खोला जलविद्युत कम्पनी, शिभश्री हाइडेपावर, युनियन हाइडेपावर, ग्रिनभेन्चर्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर, बुद्धभुमि नेपाल हाइडेपावर, नेपाल फाइनान्स, लिवर्टी इनर्जी कम्पनी र इमर्जीङ नेपाल लिमिटेड रहेका छन् । 
 

62739e5a6b57f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।