Like us!
Follow us!

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्दै लगानीकर्ताको मनोबल

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्दै लगानीकर्ताको मनोबल

लगानी खबर, काठमाडौं - यस कारोबार हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । सेयर बजारमा लागातार गिरावट आउँदा लगानीकताहरुको मनोबल पनि घट्दै गएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३७.६ अंकले घटेर २२३८.६२ विन्दुमा झरेको छ । नेप्से परिसूचक १.६३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३४ अंकले घटेर ४३२.६६ विन्दुमा झरेको छ ।

कूल २३२ वटा कम्पनीको ४६ लाख ७४ हजार ९ सय ४० कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४ सय ७३ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसहुह घटेका छन् । हिहीबार सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ । 

आज सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ८ करोड ४५ लाख ८७ हजार २ सय ३२ रूपैयाँको कारोबार भएको हो । 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले बढेर १ हजार ५ सय २० रुपैयाँ ६० पैसा पुगेको छ ।

त्यस्तै आज एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको मूल्य सर्वाधिक घटेको छ । आज प्रोमोटर सेयरको मूल्य ७.१३ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ४५ रुपैयाँ ४० पैसामा झरेको छ ।

हेरौं आजको तालिका :

6273985b5c0cc.JPG 6273985c593b8.JPG 6273985e7e536.JPG 62739860c5ae2.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।