Like us!
Follow us!

नबिल बैंकले बोलायो विशेष साधारण सभा, बुक क्लोज कहिले ?

नबिल बैंकले बोलायो विशेष साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौं - नबिल बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । 

बैंकको बैशाख २२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकको विशेष साधारण सभा जेष्ठ ७ गने शनिबार काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुने छ । 

सभामा नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्बन्धमा भएका सम्पूर्ण प्रक्रियालाई अनुमोदन गरिने छ ।  नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि बैशाख ३० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, बैशाख २९ गते (बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।  

यस्तो छ बैंक प्रकाशन गरेको सूचना :

627377328e12c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।