Like us!
Follow us!

संस्थापक सेयर बिक्री गर्दैै समृद्धि फाइनान्स, मूल्य कति ?

संस्थापक सेयर बिक्री गर्दैै समृद्धि फाइनान्स, मूल्य कति ?

लगानी खबर, काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । फाइनान्सले १५ हजार कित्ता संस्थापक सेयरहरु बिक्री गर्न लागेको हो । 

फाइनान्सले एक सूचना प्रकाशन गर्दै उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि फाइनान्सले जनाएको छ । 

उक्त सेयरको न्यूनतम मूल्य एक सय रूपैयाँ तोकिएको छ । 

यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचना :

6273697341fd0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।