लगानी खबर, काठमाडौं - शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले निष्काशन गरेको लिलामी सेयरमा आवेदन दिने आज (बैशाख २२ गते) अन्तिम दिन रहेको छ । बैंकले बैंकले बैशाख १४ गते देखि संस्थापक समुहको ४५ हजार ९ सय ९१ कित्ता सेयर लिलामीमा राखेको थियो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले (आज) बैशाख २२ गते कार्यलय समय भित्र बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।
सो लिलामी सेयरमा न्यूनतम १ हजार कित्ता देखि अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
उक्त सेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।