Like us!
Follow us!

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचिकृत

लगानी खबर, काठमाडौं - आज (बैशाख २२ गते बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

लघुवित्तको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २ सय ५४ दशमलब ४० कित्ता सेयर सूचिकृत भएको हो ।

लघुवित्तको गत पौष २४ गते सम्पन्न भएको वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

627360476ab27.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।