Like us!
Follow us!

बिहीबार ह्वातै बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहीबार ह्वातै बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (बिहीबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । हिजो बुधबार स्थिर रहेको सुन-चाँदीको मूल्य आज भने बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार १ हजार २ सय ९० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । 

62735d115d21f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

ताजा समाचार