Like us!
Follow us!

‘म्यादी प्रहरी भएँ’ भन्दै भिडियो बनाउने युवा पक्राउ

‘म्यादी प्रहरी भएँ’ भन्दै भिडियो बनाउने युवा पक्राउ

लगानी खबर, काठमाडौं - आफू म्यादी प्रहरी भएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा (टिकटक)मा राख्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका १ पिपरा बस्ने १६ वर्षीय नवराज रेग्मी रहेका छन् । 

म्यादी प्रहरीको पोसाकको दुरुपयोग भएकाले युवकलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । प्रहरी पोशाकको दुरुपयोग र सार्वजनिकरुपमा गाँजा खाने र खुवाउने कुरा गरेपछि पक्राउ गरिएको हो ।

उनी म्यादी प्रहरी नभई आफन्तको छोराको पोशाक लगाएर भिडियो खिचेको पाइएको छ । केही दिनअघि ती युवकले ‘‘सागर वसन्ते किस्नेहरू नडरा केटाहरू किन डराुछस् ? तेरो दाइ मिदी भइसक्यो नि त,” भन्दै भिडियो बनाएर टिकटकमा राखेका थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।