Like us!
Follow us!

अरुणभ्यालीसहित यी हुन् बुधबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

अरुणभ्यालीसहित यी हुन् बुधबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - यस कारोबार हप्ताको दोस्रो दिन आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३१.७६ अंकले घटेर २२७५.६८ विन्दुमा झरेको छ । 

सेयर बजार घटेको दिन आज अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सबै भन्दा धेरै कारोबार भएको छ । कम्पनीको आज ४ करोड ५८ लाख ९६ हजार ६ सय ५९ रूपैयाँको कारोबार भएको हो । 

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हिमालयन डिष्टिलरी लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल इन्फ्रास्टक्चर बैंक, अपि पावर कम्पनी, ङादी ग्रुप पावर, माहालक्ष्मी विकास बैंक, शिवम् सिमेन्ट र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । 

627249a2a3dec.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।