Like us!
Follow us!

प्रभु लाइफले डाक्यो साधारण सभा, शेयरधनीलाई यस्ताे आग्रह !

प्रभु लाइफले डाक्यो साधारण सभा, शेयरधनीलाई यस्ताे आग्रह !

लगानी खबर, काठमाडौँ - प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेश्राे वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे असाेज ४ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असाेज २९ गते, बिहीबार काठमाडौँ म्यारियट हाेटल, नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसकाे जाेखिमलाई मध्यनजर गर्दै शेयरधनी लगायत सभामा उपस्थित हुने सम्पूर्ण व्यक्तिहरूलाई तल उल्लेख गरे अनुसारकाे विशेष सुरक्षा अपनाउन आग्रह गरेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f6802b4bec51.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।