Like us!
Follow us!

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, सबै उपसमूह भए राताम्मै

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, सबै उपसमूह भए राताम्मै

लगानी खबर, काठमाडौं - यस कारोबार हप्ताको दोस्रो दिन आज (बुधबार) सेयर बजारमा गिरावट आएको छ ।  सेयर बजारमा गिरावट आउँदा सबै उपसमूह राताम्मै भएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३१.७६ अंकले घटेर २२७५.६८ विन्दुमा झरेको छ । नेप्से परिसूचक १.३८ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.९० अंकले घटेर ४३६.८८ विन्दुमा झरेको छ ।

कूल २३३ वटा कम्पनीको ३६ लाख २ हजार ८ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब २६ करोड ९२ लाख १९ हजार ४ सय २१ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसहुह घटेका छन् । बुधबार सबैभन्दा धेरै लाईफ इन्स्योरेन्स समूह घटेको छ । 

आज पनि अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४ करोड ५८ लाख ९६ हजार ६ सय ५९ रूपैयाँको कारोबार भएको हो । सोमबार पनि अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड कै सर्वाधिक कारोबार भएको थियो । 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य आज ९.९९ प्रतिशतले बढेर १ हजार ३ सय ८२ रुपैयाँ ४० पैसा पुगेको छ ।

त्यस्तै आज ग्रिन भेञ्चर्स लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयरमूल्य ९.३६ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय २४ रुपैयाँ ५० पैसामा झरेको छ ।

हेर्नुहोस् आजको तालिका :

6272468c589ec.JPG 6272468d6f7de.JPG 6272468fa27c3.JPG 6272469268c49.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।