Like us!
Follow us!

संस्थापक समूहको सेयर बेच्दै एनसीसी बैंक

संस्थापक समूहको सेयर बेच्दै एनसीसी बैंक

लगानी खबर, काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले संस्थापक समूहको सेयरहरु बेच्ने भएको छ । बैंकले संस्थापक समुहतर्फको एक लाख कित्ता सेयरहरु बिक्री गर्न लागेको हो । 

बैंकले एक सूचना प्रकाशन गर्दै उक्त सेयरहरु खरिद गर्न इच्छुक योग्य जो कोही व्यक्ती, कम्पनी, संघ संस्थाहरुले जेष्ठ ४ गते भित्र मुक्तिनाथ क्यापिटल लिमिटेडमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो स्प्रष्ट खुलाई गोप्य सिलबन्दी आवेदन पेश गर्न आग्रह गरेको छ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय ३० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । यस सेयरमा जेठ ४ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । 

त्यसैगरी, बैंकको सेयर बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।

यस्तो छ बैंकले प्रकाशन गरेको सूचना :

62722e0fac0cd.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।