लगानी खबर, काठमाडौं - यस कारोबार हप्ताको पहिलो दिन आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
कम्पनीको सेयर मूल्य आज ९.९९ प्रतिशतले बढेर १ हजार ३ सय ८२ रुपैयाँ ४० पैसा पुगेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १८.१३ अंकले घटेर २२८९.३१ विन्दुमा झरेको छ । त्यस्तै २ दुई सय १३ कम्पनीको १० लाख ८९ हजार ६ सय ३५ कित्ता सेयर खरिद बिक्री हुँदा ४५ करोड १७ लाख ८९ हजार २ सय ५५ रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।