Like us!
Follow us!

युनाइटेड इदी-मर्दी एण्ड आरबि हाइड्रोपावरले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

युनाइटेड इदी-मर्दी एण्ड आरबि हाइड्रोपावरले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

हाइड्रोपावरको सञ्चालक समितिको बैशाख १९ गते बसेको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १२ औं वार्षिक साधारण सभा जेष्ट १४ गते (शनिबार) आभ्या क्लब, घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११:०० सुरु हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, आ.व. २०७८/७९ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गरिने छ । 

त्यसैगरी, साधारणसभा प्रयोजनार्थ कम्पनीले बैशाख ३० गते  बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बैशाख २९ सम्म कायम सेयरधनीले मात्रै साधारणसभामा सहभागि हुन पाउनेछन् ।   

यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचना :

62721d6963424.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।