Like us!
Follow us!

जीवन विकास लघुवित्तको ईपीएस ७४ रुपैयाँ, नाफा कति ?

जीवन विकास लघुवित्तको ईपीएस ७४ रुपैयाँ, नाफा कति ?

लगानी खबर, काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५७ करोड ७५ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.४२ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा संस्थाले ५६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १०५.७६ प्रतिशतले बढेर ६० करोड २६ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २९ करोड २९ लाख रुपैयाँमा सीमित थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २०.३८ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी १ अर्ब २५ लाख रुपैयाँमा सीमित थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७४.४६ रुपैयाँ, पीई रेसियो ४०.१६ गुणा, प्रतिसेयर नेटवर्थ २४७.८९ र तरलता अनुपात ७.७४ प्रतिशत रहेको छ । 

यस्तो छ संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण :

6271ea57e9860.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।