Like us!
Follow us!

कति छ बुधबार सुन-चाँदीको मूल्य ?

कति छ बुधबार सुन-चाँदीको मूल्य ?

लगानी खबर, काठमाडौं - आज (बुधबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले स्थिर रहेको छ । हिजो मंगलबार गिरावट आएको सुनको मूल्यले आज भने स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । हिजो मंगलबार १ हजार २ सय ९० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

62720be3288c1.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।