Like us!
Follow us!

इन्टरनेट सेवा अवरुद्ध नहुने

इन्टरनेट सेवा अवरुद्ध नहुने

लगानी खबर, काठमाडौं - इन्टरनेट सेवा अवरुद्ध नहुने भएको छ । 

नेपालका इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले बेरुजुलाई देखाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भुक्तानीका लागि चाहिने विदेशी मुद्रा सिफारिस रोकेपछि भारतीय कम्पनीहरुले इन्टरनेट रोकिन सक्ने बताएका थिए । भारतीय कम्पनीलाई बुझाउनुपर्ने भुक्तानीमा सरकारले सहजीकरण गर्ने सहमति भएपछि इन्टरनेट अवरोध नहुने भएको हो ।

सरकारसँगको सहमतिपछि इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान) ले इन्टरनेट सेवा अवरोध नगर्ने निर्णय गरेको छ । नेपालका इन्टरनेट सेवाप्रदायकले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।