Like us!
Follow us!

उच्च अदालतद्धारा हिमालयन बैंकको लाभांश तत्काल खुलाउन आग्रह

उच्च अदालतद्धारा हिमालयन बैंकको लाभांश तत्काल खुलाउन आग्रह

लगानी खबर, काठमाडौं - उच्च अदालत पाटनले हिमालयन बैंक लिमिटेडको लाभांश तत्काल खुलाउन निर्देशन दिएको छ । 

हिमालयन बैंक लिमिटेड र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडलाई मर्जर तोडेको भन्दै नेपाल राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का गरेको थियो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयोजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंक लिमिटेडको पौष ३० गते, शुक्रबार बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भएको उनन्तीसौँ वार्षिक साधारण सभाले मर्जरको विशेष प्रस्ताव अस्विकृत गरेको थियो । 

राष्ट्र बैंकद्धारा हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको कारोबार रोक्का गरेको निर्णयको विरूद्धमा हिमालयन बैंक पाटनको उच्च अदालत पुगेको थियो । उच्च अदालत पाटनले राष्ट्र बैंकको निर्णयविरुद्ध परेको निवेदनमा परमादेश जारी गर्दै सो निर्णय खारेज गरिदिएको हो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।