Like us!
Follow us!

आँधिखोला लघुवित्तको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

आँधिखोला लघुवित्तको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडौं - आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालू आर्थिक वर्षको ९ महीनामा संस्थाले करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले यस वर्ष गत वर्षको भन्दा १९ दशमलव ८६ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २ करोड ९० लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष सञ्चालन नाफा १८ दशमलव ३१ प्रतिशत बढी  ४ करोड ४७ लाख भएको छ । हाल कम्पनीको चुक्तापूँजी  १० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ३६ दशमलव ९५ प्रतिशत बढेर  ९ करोड ५५ लाख कायम भएको छ । 

कम्पनीले यस वर्ष २३ प्रतिशत बढी कर्जा सापटी लिएको छ भने २८ दशमलव ३९ प्रतिशत बढी कर्जा प्रवाह गरेको हो । यस वर्ष कम्पनीले ६९ करोड ४५ लाखभन्दा बढी कर्जा सापटी लिएको हो भने १ अर्ब ३३ करोड ७१ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो । 

निक्षेप संकलन भने गत वर्षभन्दा २३ दशमलव ७७ प्रतिशत बढी  ४५ करोड २० लाख भएको छ । गत वर्ष ४ दशमलव ३९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ४६ प्रतिशतमा झरेको छ । 

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ४६ दशमलव ४४ र प्रतिशेयर नेटवर्थ १९५ दशमलव ५५ रहेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।