Like us!
Follow us!

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप

लगानी खबर, काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख १२ गतेदेखि अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेको छ । उक्त सेयरमा आवेदन दिने म्याद एक दिन थपिएको छ । 

कम्पनीको लिलामी सेयरमा आजसम्म आवेदन दिन पाइने भनिएको थियो । तर आज सार्वजनिक बिदा परेको हुनाले एक दिन म्याद थपेर भोलिसम्म पुर्याइएको कम्पनीले जनाएको छ । 

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट चैत्र १३ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएको संस्थापक समूहको २ हजार २ सय ६१ कित्ता र सर्वसाधारण समूहको ८८ हजार ९ सय ३४ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेको हो । 

उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

ग्लोबल आइएमई क्यापिटल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडको तोकिएका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिनेछ ।

यस्तो छ प्रकाशन गरेको सूचना :

6270c4f9bd6c6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।