Like us!
Follow us!

लगानीको अवसर, रिभर फल्सको आईपीओ  वैशाख २८ गतेदेखि आउँदै

लगानीको अवसर, रिभर फल्सको आईपीओ  वैशाख २८ गतेदेखि आउँदै

लगानी खबर, काठमाडौं - रिभर फल्स पावर लिमिटेडले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि र २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि पहिलो चरणमा जारी पूँजी ७० करोडको १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि निष्काशन गरेको थियो ।

लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले छिटोमा जेठ ४ गतेसम्म र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै मेरो सेयरबाट पनि आईपीओमा आवेदन दिन सक्नेछन् । 

कम्पनीको साधारण सेयरको बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।