Like us!
Follow us!

सिक्लेस हाइड्रोपावरले डाक्यो साधारण सभा, आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव

सिक्लेस हाइड्रोपावरले डाक्यो साधारण सभा, आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव

लगानी खबर, काठमाडौं - सिक्लेस हाइड्रोपावरले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १७ औं वार्षिक साधारण सभा २०७९ जेष्ठ १३ गते आभ्या क्लब, घारीपाटन, पोखरामा बिहान ११:०० बजे सुरु हुनेछ ।

कम्पनीले सर्वसाधारणमा  २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनका लागि गत कात्तिक २९ गते नै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

सभामा सञ्चालक आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याइनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।