Like us!
Follow us!

सुनको मूल्य ह्वातै घट्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य ह्वातै घट्यो, तोलाको कति पुग्यो ?

लगानी खबर, काठमाडौं - आज (मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । हिजो सोमबार गिरावट आएको सुनको मूल्यले आज पनि ओरालो यात्रा तय गरेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज १ हजार रुपैयाँले घटेर तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो सोमबार १ हजार २ सय ९० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

6270b78ad2171.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।