Like us!
Follow us!

कोरोना संक्रमणबाट थप १० जनाकाे मृत्यु, मृतक कहाँ-कहाँको ? (विवरणसहित)

कोरोना संक्रमणबाट थप १० जनाकाे मृत्यु, मृतक कहाँ-कहाँको ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १० जनाकाे मृत्यु भएको जानकारी दिएकाे छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ जना पुगेको छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप १० जनाको मृत्यु भएको जानकारी दिएका हुन् । जसमध्ये ६ जना महिला र ४ जना पुरूष रहेका छन् ।

मृत्यु हुनेकाे विवरण यस प्रकारकाे छ :

No photo description available.

ताजा समाचार