लगानी खबर, काठमाडौं - आज (बैशाख १९ गते सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६.६५ प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ७ सय २४ कित्ता सेयर सूचिकृत भएको हो ।
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २ सय ४० दशमलब ३२ कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।