Like us!
Follow us!

रोकिएन सेयर बजारको गिरावट, सोमबार पनि घट्यो नेप्से

रोकिएन सेयर बजारको गिरावट, सोमबार पनि घट्यो नेप्से

लगानी खबर, काठमाडौं - यस कारोबार हप्ताको पहिलो दिन आज (सोमबार)  सेयर बजारमा भारी गिरावट आएको छ । प्रिओपन सेसनमा २.०६ अंकले बढेको बजार कारोबारको अन्तिम समयमा भारी अंकले घटेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा झरेको छ । नेप्से परिसूचक २.०७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.४५ अंकले घटेर ४४१.७९ विन्दुमा झरेको छ ।

कूल २२८ वटा कम्पनीको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २ सय ९२ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसहुह घटेका छन् । सोमबार सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ । 

आज अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४ करोड ७३ लाख ५६ हजार ७ सय ४३ रूपैयाँको कारोबार भएको हो । 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १ हजार २ सय ५६ रुपैयाँ ८० पैसा पुगेको छ । 

त्यस्तै आज नेपाल फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ५९ रुपैयाँमा झरेको छ ।

हेर्नुहोस् आजको तालिका :

626fa432aebfd.JPG 626fa434876ab.JPG 626fa436a3d30.JPG 626fa4392b156.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।