Like us!
Follow us!

थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति थपिए संक्रमित ? (विवरणसहित)

थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा कति थपिए संक्रमित ? (विवरणसहित)

लगानी खबर, काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएकाे छ । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ६४ हजार १ सय २२ जना पुगेकाे छ ।

मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएकाे परीक्षणमा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । 

त्यसैगरी, आइतबार थप ९ सय ६६ जना डिस्चार्ज भएका छन् । याे सँगै कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेकाे छ ।

कहाँ कति थपिए संक्रमित ?

No photo description available.

No photo description available.

ताजा समाचार