Like us!
Follow us!

ह्वातै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वातै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

लगानी खबर, काठमाडौं - आज (सोमबार) पनि नेपाली बजारमा सुन-चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । हिजो आइतबार गिरावट आएको सुन-चाँदीको मूल्यले आज पनि ओरालो यात्रा तय गरेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) छापावाल सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले घटेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज सोमबार चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार १ हजार ३ सय रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

626f7d687f5e7.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।