Like us!
Follow us!

शिखर इन्स्योरेन्सको लिलामी सेयर आजबाट खुल्ला, कहिले सम्म भर्न पाइन्छ ?

शिखर इन्स्योरेन्सको लिलामी सेयर आजबाट खुल्ला, कहिले सम्म भर्न पाइन्छ ?

लगानी खबर, काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर लिलाम खुल्ला आज बाट भएको छ । कम्पनीले सर्वसाधारण समूहको ७७ हजार ७२० कित्ता सेयर लिलामी खुलाएको हो । 

(आज) वैशाख १९ सोमबारबाट खुल्ने लिलामीमा इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनसक्ने छन् । लिलामी भर्ने अन्तिम म्याद वैशाख २६ गते तोकिएको छ ।

शिखर इन्स्योरेन्सले यस अघि शिखरले चैत १ गतेबाट चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो । उक्त नबिकेका हकप्रद कम्पनीले लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यलय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।