Like us!
Follow us!

भारतले किन जफत गर्यो शाओमीको साढे ७२ करोड अमेरिकी डलर ?

भारतले किन जफत गर्यो शाओमीको साढे ७२ करोड अमेरिकी डलर ?

लगानी खबर, काठमाडौं - चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीको साढे ७२ करोड अमेरिकी डलर भारतले भारतले जफत गरेको छ । गैरकानुनी तरिकाले भारतबाट रेमिट्यान्स विदेश पठाएको भन्दै शाओमीको भारतको बैंकमा रहेको उक्त डलर जफत गरेको हो ।

शाओमीले भारतमा सबै उत्पादनहरू भारतभित्र गर्ने भए पनि रोयल्टीका नाममा ५५.५ अर्ब भारू विदेशका तीन वटा कम्पनीलाई यति धेरै रकम रेमिट्यान्सका नाममा पठाएको देखिएपछि अनुसन्धान थालिएको थियो ।

अनुसन्धानमा शाओले भारतीय कानुनको उल्लंघन गरेको देखिएको छ । स्मार्टफोन बिक्रेतामध्ये भारतमा शाओमी पहिलो नम्बरमा छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।