Like us!
Follow us!

माओवादीका कार्यकर्तालाई एमालेका कार्यकर्ताद्धारा खुकुरी प्रहार, तीन जना घाइते

माओवादीका कार्यकर्तालाई एमालेका कार्यकर्ताद्धारा खुकुरी प्रहार, तीन जना घाइते

लगानी खबर, काठमाडौं - सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । कार्यकर्ताबीच कुटपिटहुँदा नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् ।

पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यकर्तालाई घाइते बनाएका हुन् ।

पार्टीको चुनाव प्रचारमा खटिरहेका बेला ज्यान मार्ने उदेश्यका साथ एमाले र माओबादीका कार्यकर्ताबीच झडप भएको थियो । आक्रमणबाट घाइते भएकाहरूको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।