Like us!
Follow us!

कति छ आज सुन-चाँदीको मूल्य ?

कति छ आज सुन-चाँदीको मूल्य ?

लगानी खबर, काठमाडौं - आज (आइतबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको (शुक्रबार) छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भएको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज आइतबार चाँदीको मूल्य पनि घटेको छ । गएको शुक्रबार १ हजार ३ सय २० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 

626e2ea076fe2.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।