Like us!
Follow us!

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद लिलामीमा, मूल्य कति ?

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद लिलामीमा, मूल्य कति ?

लगानी खबर, काठमाडौं - शिखर इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर लिलामिमा राखेको छ । इन्स्योरेन्सले सर्वसाधारण तर्फ निष्काशन गरेको ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता हकप्रद सेयर लिलामिमा राखेको हो । 

कम्पनीले  चैत १ गतेबाट चैत २१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएको सर्वसाधारण समूहको ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

उक्त हकप्रद सेयरमा वैशाख १९ गते, सोमबारदेखि वैशाख २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको सूचना :

626e1ddf3e890.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।