Like us!
Follow us!

न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव, यी स्थानमा वर्षाको सम्भावना

न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव, यी स्थानमा वर्षाको सम्भावना

लगानी खबर, काठमाडौं - हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ । सो वायुको प्रभावले आज देशका सातवटै प्रदेशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मशाखाले जनाएको छ । 

वाग्मती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ । 

महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश,  गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।