लगानी खबर, काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।
कम्पनीको २०७८ फागुन ११ गते सम्पन्न भएको १९औँ वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस सेयर र १.०५२६ नगद लाभांश २०७८ बैशाख १४ गते नेप्सेमा सूचिकृ भई उक्त बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
त्यस्तै, भौतिक रुपमा सेयरधारण नगरेको सेयरधनिहरुले कम्पनीका सेयर अभौतिकिकरण गराए पश्चात् निजको हितग्राही खातामा बोनस सेयर जम्मा गरिने जानकारी गराएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।