Like us!
Follow us!

नेशनल हाइड्रोपावर नाफामा, कस्ता छन् अन्य सूचक ?

नेशनल हाइड्रोपावर नाफामा, कस्ता छन् अन्य सूचक ?

लगानी खबर, काठमाडौं - नेशनल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड २७ लाख २२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । गत वर्षको यसै अवधिमा कम्पनी ६६ लाख ९२ हजार रूपैयाँ नाेक्सानमा रहेकाे थियो ।

समिक्षा अवधिसम्म कम्पनीकाे सञ्चालन आम्दानी पनि बढेर १ करोड ६६ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीकाे सञ्चालन आम्दानी ६८ लाख ६१ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड २५ लाख १६ हजार रुपैयाँ र जगेडा कोषमा ३ करोड ४४ लाख ६५ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ १० पैसा रहेकाे छ ।

यस्तो छ कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण :

626b72c2ec669.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।