Like us!
Follow us!

वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस

वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारसँग आयोगको सिफारिस

लगानी खबर, काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारसँग सिफारिस गरेको हो । 

त्यसका लागि निर्वाचन आयोगले मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गरिएको छ । 

विगतमा पनि मतदानको दिन सार्वजनिक बिदा दिने गरिएको थियो । यसपटक पनि मतदानको दिन सार्वजनिक बिदाका लागि सरकारसँग सिफारिस गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । यो विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।