Like us!
Follow us!

दोहोरो अंकले घटेको बजारमा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

दोहोरो अंकले घटेको बजारमा यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा झरेको छ ।

आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको पहिलो नम्बरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेड रहेको छ । आज इन्स्योरेन्सको ५ करोड २५ लाख ४९ हजार ६ सय ३ रूपैयाँको कारोबार भएको हो । 

त्यस्तै सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हिमालयन डिष्टिलरी लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक, अरुण भ्याली हाइड्रोपावर, नबिल बैंक, शिवम् सिमेन्ट, ङादी ग्रुप पावर, एनआइसी एशिया बैंक, नेपाल इन्फ्रास्टक्चर बैंक र महालक्ष्मी विकास बैंक लिमिटेड रहेका छन् । 
 

626a63a1585d3.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।