Like us!
Follow us!

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, सबै उपसमुह भए राताम्मै

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, सबै उपसमुह भए राताम्मै

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ । प्रिओपन सेसनमा ३.९९ अंकले बढेको बजार कारोबारको अन्तिम समयमा घटेको हो । सेयर बजारमा गिरावट आउँदा सबै उपसमुह राताम्मै भएका छन् । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा झरेको छ । नेप्से परिसूचक ०.८४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.३२ अंकले घटेर ४५०.२४ विन्दुमा झरेको छ ।

कूल २२६ वटा कम्पनीको ४५ लाख ७४ हजार ५ सय २० कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८ सय ८ रूपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसहुह घटेका छन् । बिहीबार सबैभन्दा धेरै डेभलपमेन्ट बैंक समूह घटेको छ । 

आज आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ५ करोड २५ लाख ४९ हजार ६ सय ३ रूपैयाँको कारोबार भएको हो । 

यस दिन जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर १ हजार १ सय ४२ रुपैयाँ ६० पैसा पुगेको छ । अघिल्लो कारोबार दिन पनि लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो । 

त्यस्तै आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको सेयरमूल्य ३.९८ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ३८ रुपैयाँमा झरेको छ ।

हेर्नुहोस् आजको तालिका :

626a5e2c99725.JPG 626a5e2e9a37f.JPG 626a5e30dcbff.JPG 626a5e330ca54.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।