Like us!
Follow us!

५१ प्रतिशतले बढ्यो आरएमडिसी लघुवित्तको नाफा, प्रतिसेयर आमदानी कति ?

५१ प्रतिशतले बढ्यो आरएमडिसी लघुवित्तको नाफा, प्रतिसेयर आमदानी कति ?

लगानी खबर, काठमाडौं - आरएमडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाले २६ करोड ५९ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिसम्मको तुलनामा ५१.७० प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म संस्थाले १७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ५२.३१ प्रतिशतले बढेर ३७ करोड ९७ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा २४ करोड ९३ लाख रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ४५.०५ प्रतिशतले बढेर ४४ करोड ७० लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३० करोड ८२ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २८.५७ रुपैयाँ, पीई रेसियो ३६.४७ गुणा, प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ र तरलता अनुपात २.०६ प्रतिशत रहेको छ । 

यस्तो छ कम्पनीले प्रकाशन गनरेको वित्तीय विवरण :

6269f2a4abd86.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।